Dark

आठराईको विद्युत विस्तार कार्य अलपत्र, ठेक्का पाएका २ कम्पनी अझै आनाकानी गर्दै 

सन्तोष निरौला । तेह्रथुम जिल्लाको आठराई गाउपालिकाका अधिकांश वडाहरुमा ग्रामिण क्षेत्र विद्युतीकरण आयोजनाको काम अझै अलपत्र अवस्थामा रहेको छ ।

नेपाल सरकार उर्जा मन्त्रालयको सहयोग र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, तेह्रथुमको अगुवाइमा संचालित जिल्लाको ग्रामिण क्षेत्र विद्युतीकरण आयोजना अन्तर्गतको कूल ३७ करोड ५० लाख रकम बराबरको बजेटबाट गाउपालिकाका विभिन्न वडाहरुमा विद्युत विस्तारको लागि रु १ करोड ५० लाख र १ करोड ३७ लाख बराबरको बजेटको २ वटा  ठेक्का स्विकृती पाएका शशिधर निर्माण सेवा प्रा.लि. र ईश्वरी निर्माण सेवा प्रा.लि. ले २०७७ पौष मसान्तसम्म कार्य सम्पन्न गर्ने गरि ठेक्का संझौता गरेतापनि अनेक वहाना बनाएर हाल सम्म गाउपालिकाका केही वडाहरुमा आंशिक काम अलपत्र छाडेका छन् ।

त्यसैगरी कतिपय वडाहरुमा हालसम्म काम नै सुरु भएको छैन । नेपाल विद्युत प्रधिकरण र निर्माण व्यवसायीको आनाकानीका कारण हालसम्म पनि आठराईका अधिकांश समुदायहरु विद्युत सेवाबाट बञ्चित हुनुपरेको छ । 

पाँच वर्षअघि कोयाखोला फलाम साघु साना जलविद्युत परियोजना फेदाप गाउँपालिका, सम्दु र आठराई गाउँपालिका, खाम्लालुङका निवर्तमान अध्यक्ष सुमन हाङ्सोराङ लिम्बुको तत्कालीन कार्यसमितिले राष्ट्रिय लाईनको सर्भे तथा जडानको लागि सम्भाब्यता अध्ययन माग गर्दै नेपाल विद्युत प्राधिकरणमा निवेदन दिएृका थिय ।

यति लामो समय बितिसक्दापनि  हालसम्म विद्युत विस्तारका काम नभएकोले गाउपालिकाका, नागरिक समाज तथा उपभोक्ताहरु समेतको पहलमा निर्माण व्यवसायीहरुलाई पटक–पटक ताकेता गरेपनि काम अलपत्र रहेको छ । 

प्राधिकरण वितरण केन्द्र तेह्रथुमले सामाग्री उपलव्ध नगराउँदा काम अघि नबढेको निर्माण व्यवसायीहरुको जवाफ रहेको छ । 

त्यसैगरि विद्युत वितरण केन्द्र तेह्रथुमका प्रमुख श्यामसुन्दर शाक्यसँग आवस्यक सामाग्री उपलब्ध गराई निमार्ण कम्पनिसँग सहकार्यका लागि अनुरोध गर्दा पनि हालसम्म कुनै काम सुरु हुन नसकेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै