Dark

प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण लुम्बिनी प्रदेश सभा स्थगित


 
खबरमुकाम । प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण लुम्बिनी प्रदेश सभा स्थगित भएको छ ।

लुम्बिनी प्रदेश सभाको भदौ १७ गतेको लागि बोलाएको बैठक भदौ ३० गतेसम्मका लागि स्थगितगरिएको छ । 
 
बैठक भदौ ३० गतेसम्म लागि स्थगित भएको प्रदेश सभा सहप्रवक्ता तथा सूचना अधिकारी विमला पौडेलले बताइन् ।

पटक–पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको हो ।

 भदौ १८ गते नेपाली काँग्रेसको अधिवेशनसमेत रहेकाले र प्रमुख प्रतिपक्ष दल एमालेसँग बैठक चलाउने विषय सहमति नजुटेका कारण स्थगित गर्नुपर्ने हो ।

विपक्षी दल एमालेले आफूहरूको माग सम्बोधन नभएसम्म बैठक अवरुद्ध गर्ने अडान कायम राखेको एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता बैजनाथ चौधरीले बताए ।

 नेकपा एमालेले सूर्य चुनाव चिह्न लिएर निर्वाचित तत्कालीन नेकपाकी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै बैठक अवरुद्ध गर्दै आएको त्यो उक्त अडान अझै कायम रहेको चौधरीको भनाइ छ । 

एमालेका सांसदहरू मुख्यमन्त्री कुलप्रसाद केसी ले विश्वास मत बेला पनि सदनमा उपस्थिति जनाएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै