Dark

कर्णाली प्रदेशका ३ सांसद एकीकृत समाजवादी पार्टीमा रहेको खुलासा

खबरमुकाम । कर्णाली प्रदेशका ३ सांसद एकीकृत समाजवादी पार्टीमा रहेको खुलासा गरेका छन् ।

प्रदेशसभा सदस्य देवी ओली रुकुमपश्चिममुगुका चन्द्रबहादुर शाही र  जुम्लाका पदमबहादुर रोकाया नेकपा समाजवादीमा खुलेका हुन् ।

उनीहरुले  बुधबार  निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने बताएका छन्।   

समग्र प्रदेशमा एमालेको विभाजन भएपछि  नेकपा एकीकृत समाजवादी कमजोर देखिएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद देवी ओली र चन्द्रबहादुर शाही केन्द्रीय समितिमा समेत रहेका छन् ।

प्रदेशमा एमालेको २० सदस्यीय संसदीय दलमा विवाद हुँदा नेपाल पक्षका ९ सांसद रहेका थिए । 


जसमध्ये मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत दिँदा फ्लोर क्रस गरेपछि प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा, नन्दसिंह बुढालाई कारबाही गरिएको थियो । उनीहरु समाजवादीको प्रदेश कमिटीमा भने एकताबद्ध छन्।  


तर एमालेको आन्तरिक विवादको समयमा माधवकुमार नेपाललाई साथ दिँदै आएका सुशील थापा, दल रावल र करवीर शाही भने एमालेमै रहने भएका छन् ।
नेपाल समूहमा रहेका सुर्खेतका पद्मा खड्का, जाजरकोटका करवीर शाही संस्थापन पक्षमा देखिएका छन् भने दैलेखका सुशिल थापाले अझैसम्म प्रस्ट धारणा बनाइसकेको अवस्था छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै