Dark

बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

खबरमुकाम । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा नेकपा एमालेको तर्फबाट मन्त्री बनेका खनालले नेकपा एकीकृत समाजवादी पार्टीलाई सनाखत गरेसँगै बुधबार पदबाट राजीनामा दिएका हुन् । 

केही हप्ता अघि मात्र मुख्यमन्त्री बनेकी शाक्य प्रदेश सभाबाट विश्वासको मत नलिदै अल्पमतमा परेकी छन् । उनी नेतृत्वको सरकारमा अब आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन् ।

 

मंगलबार खनालसहितका १२ प्रदेश सभा सांसदले नेकपा एकीकृत (एस) को पक्षमा निर्वाचन आयोगको प्रदेश कार्यालय पुगेर सनाखत गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै