Dark

प्रदेश १ः यी १० जना एकीकृत समाजवादीतर्फ आज सनाखतको लागि जाँदै

खबरमुकाम । नेकपा एकीकृत समाजवादी गठन गरिएपछि प्रदेश नम्बर १ का एमाले सांसदले पनि दल रोज्ने भएका छन्। 

नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी गठन गरिएपछि दल रोज्न निर्वाचन आयोगले यो भदौ २२ गतेसम्मको समयसीमा दिएको छ । 
 विभिन्न प्रदेशका एमाले सांसदले धमाधम आफ्नो कित्ता ‘क्लियर’ गरिरहेका वेला प्रदेश नम्बर १ का एमाले सांसदले पनि आफ्नो कित्ता ‘क्लियर’ गर्न लागेका हुन् ।

यसै क्रममा आज प्रदेश नम्बर १ का प्रदेश सांसदले पनि आफूलाई मनपरेको दलका पक्षमा आयोगको कार्यालय गएर सनाखत गर्ने भएका हुन्। 

एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका राजेन्द्र राईको नेतृत्वमा एमाले सांसद आयोगको कार्यालय जाने तयारी भइरहेको छ ।

 १० जना सांसद आफ्ना पक्षमा आउने नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ। 

एकीकृत समाजवादीमा आबद्ध हुने अन्तिम तयारीमा रहेका खोटाङका राजेश राईले नयाँ पार्टीमा जानेको संख्या कम्तीमा १० जना रहेको दाबी गरे।

अहिलेसम्म प्रदेश सांसदहरू भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, सावित्रा रेग्मी र कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङले नेकपा एकीकृत समाजवादी रोज्न तयार भइसकेको दाबी गरिएको छ। 

केही दिनदेखि सामूहिक छलफल रहेका उनीहरू नयाँ दलका पक्षमा सनाखत गर्न आज एकसाथ विराटनगरस्थित निर्वाचन आयोगको कार्यालय पुग्ने तयारीमा छन्। 

औपचारिक रूपमा पार्टी फुट्नुअघि नेपाल समूहमा रहेका १८ सांसदमध्ये अहिले कम्तीमा १० जना एकीकृत समाजवादीमा आउन लागेको सांसद राजन राईको दाबी छ। 

योसँगै नेपाल समूह छाडेर एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यको पद अब धरापमा पर्ने देखिएको छ।

९३ सदस्यीय प्रदेश सभामा सभामुखसहित एमालेका ५१ सांसद छन्। सरकार बनाउन ४७ सांसदको मत चाहिन्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै