Dark

खल्ती डिजिटल वालेटले ल्यायो निःशुल्क सहकारीमा पैसा पठाउने सुविधा

खबरमुकाम । सम्पूर्ण ग्राहकका लागि खल्ती डिजिटल वालेटले खल्तीमा उपलब्ध ४ सयमाथि रकम निःशुल्क सहकारीको खातामा पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको छ । 

प्रयोगकर्ताहरुले यस सेवा अन्तर्गत खल्तीबाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार रूपैयाँ र दिनको १ लाख रूपैयाँसम्म निःशुल्क पठाउन तथा जम्मा गर्न पाउनेछन् । त्यस्तै, प्रत्येक महिनाको अधिकतम १० पटक वा २ लाख ५० हजार रूपैयाँसम्म रकम बिना कुनै सेवा शुल्क खल्तीबाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिने भएको छ ।

 

यो अफर खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्ती पसल र एजेन्टहरुको हकमा लागु हुने जनाइएको छ । नयाँ ग्राहकले पनि खल्ती एप डाउनलोड गरि खल्ती केवाईसी भेरिफाई अफरको सेवा लिन सक्नेछन् । जसपछि, सोसियल मिडिया तथा कन्टेन्ट मार्केटिंगका वरिष्ठ अधिकारी रोनिका श्रेष्ठले घरमै बसी सहकारी संस्थाहरुमा पैसा डिपोजिट गर्न वा सहकारीको ऋण तिर्न सकिने सुविधाबाट ग्राहकहरुको अमुल्य समय बचात हुने बताइन् ।

खल्तीबाट आफ्नो सहकारी खातामा निःशुल्क रकम ट्रान्सफर गर्ने प्रक्रिया यस्तो छः

१. खल्ती एप डाउनलोड गरी लग-इन गर्ने (नयाँ प्रयोगकर्ताले साइन अपमा जाने)  

२. खल्ती को होम पेजमा गई ‘कोअपरेटिभ ट्रान्सफर’ मा ट्याप गर्ने 

३. अब सम्पूर्ण विवरण दाखिला गरी ‘भ्यालिडेट कोअपरेटिभ अकाउन्ट’ बटनमा दबाउने 

४. अन्त्यमा सबै विवरण यकिन भएको निश्चित गरि ‘ओके’ बटन चयन गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै