Dark

‘जम्बो’ मन्त्रिपरिषद गठन गर्दै मुख्यमन्त्री केसी, यी हुन् मन्त्रीका प्रत्यासीहरु...

खबरमुकाम । लुम्बिनीका मुख्यमन्त्री कूलप्रसाद केसी नेतृत्वको मिलीजुली सरकारले मन्त्रालय र मन्त्रीको संख्या बढाउने तयारी थालेको छ । गत साउन २७ गते मुख्यमन्त्री केसीले ७ सदस्यीय मन्त्रिपरिषद बनाइसकेका छन् । 

मुख्यमन्त्री केसी आमअपेक्षाको प्रतिकूलमा रहेर मन्त्रालयको संख्या बढाउने निर्णयमा लागेका छन् । मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रिमण्डल १५–१६ सदस्यीयसम्म पुग्ने प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले बताए ।
गत सोमबार प्रदेश सभाबाट विश्वासको मत लिएका मुख्यमन्त्री केसी चाँडै नै मन्त्रिपरिषद विस्तारको तयारीमा छन् । 

अहिले जसपाका ३, माओवादी केन्द्रका मुख्यमन्त्रीसहित २, कांग्रेसका १ र स्वतन्त्र १ जना गरी ७ सदस्यीय मन्त्रिमण्डल छ ।
लुम्बिनीमा ८७ सदस्यीय प्रदेशसभा रहेकाले संविधान अनुसार १७ जनासम्म मन्त्री बनाउन सकिन्छ । अहिले प्रदेश सभामा ८० सांसद छन् ।

केसी अघिका मुख्यमन्त्री शंकर पोखरेलले ३ वर्षसम्म ७ सदस्यीय मन्त्रिमण्डल बनाएर प्रदेश सरकार चलाए थिय । केसीले विस्तार गर्न लागेको मन्त्रिपरिषद पोखरेलको तुलनामा दोबर हो । 

यी हुन् लुम्बिनी प्रदेशसभामा मन्त्रीका दावेदारहरु 

मन्त्रिपरिषद विस्तार हुँदा माओवादीबाट गुल्मीका सुदर्शन बराल, पाल्पाका तुलाराम घर्ती, दाङका इन्द्रजित थारू, विमला वली, बर्दियाका तिलकराम शर्मा र बाँकेकी कृष्णा केसी मन्त्री हुने दौडमा छन् ।

कांग्रेसबाट रूपन्देहीकी रमा अर्याल, बसिउद्दिन खान, नवलपरासीका बैजनाथ कलवार, पाल्पाका वीरबहादुर राना र बाँकेका सुरेन्द्रबहादुर हमालको नाम मन्त्री बन्ने चर्चामा छ । 

अब बन्ने ८ जना मन्त्रीमा कांग्रेसका ४ र माओवादीका ४ गरी ८  मन्त्री थप्ने तयारी रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै