Dark

रुकुम पूर्वका सबै आइसोलेसन वार्ड


 खबरमुकाम ।  रुकुम पूर्वमा कोरोना संक्रमित बिरामीका लागि बनाइएका आइसोलेसन वार्ड अहिले खाली भएको छ ।

पछिल्लो समय भूमे गाउँपालिको आइसोलेसन र रुकुम पूर्व अस्पतालको आइसोलेसनका संक्रमित डिस्चार्ज भएकाले त्यहाँका वार्ड खाली भएका हुन् ।

सिस्ने गाउँपालिकाले आइसोलेसन अस्पताललाई नै हस्तान्तरण गरेपछि त्यहाँ कोभिड संक्रमितको हुँदै आएको छ ।

जिल्लास्थित सबै आइसोलेसनमा रहेका संक्रमित निको भई डिस्चार्ज भइसकेका र नयाँ संक्रमित भर्ना नभएकाले साउन ३२ गतेदेखि नै ती वार्ड खाली भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति नीमप्रसाद गिरीले बताए ।

पुथाउत्तरगंगा गाउँपलिकाको आइसोलेसन भने यसभन्दा अगााडि नै खाली भइसकेको थियो ।  

अहिले जिल्लामा २५ सक्रिय संक्रमित रहेका र उनीहरू सबै होम आइसोलेससनमा छन् ।

 उनका अनुसार कोरोनाको दोस्रो लहर शुरू भएयता हालसम्म ५४१ जनामा कोरोना पोजेटिभ देखिएकोमा ५१० निको भइसकेका र १३ जनाको मृत्यु भएको थियो ।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमित घट्दै गएको पाइएको छ । 

अस्पतालसहित जिल्लाका २ वटै गाउँपालिका र विभिन्न स्वास्थ्य चौकीबाट कोरोनाको परीक्षण भइरहेकामा संक्रमित घट्दै गएकाले परीक्षणको दायरा पनि घटाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै