Dark

गाउँपालिकाका उपाध्यक्षद्वारा राज्यको सुविधा दुरुपयोगः देवरलाई दिइन् सरकारी स्कुटर

खबरमुकाम । शुभकालिका गाउँपालिकाका उपाध्यक्ष पम्पाकुमारी शाहीले राज्यले दिएको सेवा सुविधाको दुरुपयोग गरेकी छन् । 

कार्यालय सञ्चालनका लागि भन्दै पहिलो वर्षमै आफ्नो लागि भनेर किनेको भे १ ब १४२४ नम्बरको स्कुटर उपाध्यक्ष शाहीले एक वर्षदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतका आफ्नो सहोदर देवर दिपक शाहीलाई चलाउन दिएकी छन् । 

गाउँपालिकाको बजेटमा खरिद गरी निकालिएको स्कुटर आफ्ना आसेपासेलाई मस्ती गर्न दिएको भन्दै स्थानीयले विरोध गरेका छन् । 

‘राज्यको सम्पत्ति जनताको सेवाका लागि प्रयोग गर्नु अस्वभाविक हो तर दुरुपयोग गर्न पाइदैन,’ स्थानीय तिलक चौलागाईंले भने । शुभकालिका गाउँपालिकामा सडक नै पुगेको छैन, स्थानीय नागरिक सडकको पहुँचमा छैनन्, अझै पनि यहाँका नागरिक पिठ्युँमा भारी बोक्न बाध्य छन्, उता गाउँपालिकाले महँगो स्कार्पियो गाडी खरिद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै