Dark

प्रधानमन्त्री देउवाले दिए पारसलाई धन्यवाद

 

खबरमुकाम । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई भेटेर धन्यवाद दिएका छन् । 

नेपाली क्रिकेटका लागि पारसले दिएको योगदानका लागि प्रधानमन्त्री देउवाले धन्यवाद दिएका हुन् ।


 

 अन्तर्राष्ट्रिय क्रिक्रेटबाट सन्यास  लिएका खड्काको आगामी यात्राका लागि शुभकामना समेत दिएका छन् ।

 शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

देउवाले ट्वीटरमा लेखेका छन्, ‘नेपाल र नेपालीको शीर उचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् । सरकारको साथ र सहयोग सधैं रहनेछ ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै