Dark

ट्रकको ठक्करबाट निकुञ्जको  हात्ती घाइते 


खबरमुकाम। ट्रकको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जको एउटा हात्ती घाइते भएको छ ।

बारामा कन्टेनर बोकेको ट्रकले जीतपुरसिमरा उपमहानगरपालिका२१ आधाभार जंगलमा बिहीबार राति ८ः५० बजे मेनकाकली नाम गरेको हात्तीलाई ट्रकले ठक्कर दिएको हो । मेनकाकली ६५ वर्षकी भइसकेकी छिन् ।

ना ५ ख ३५५७ नम्बरको ट्रकको ठक्करबाट हात्तीको माहुते ३२ वर्षीय पवन सिंह पनि घाइते भएका छन् । 

सिंहलाई सिमराको अल्पाईन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ ।

घाईते हात्ती  केहि समयपछि आफैं उठेर हात्तीसारतिर गएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए ।

 ‘पानी परेको समयमा राति कन्टेनरले हात्तीलाई ठक्कर दिएछ । हात्ती र माहुते दुवै घाइते थिए ।’

 उनले भने ‘ ३ घण्टापछि हात्ती विस्तारै आफैं उठिन र हिँड्न थालेकी थिइन् ।’

कन्टेनर चालक मकवानपुर थाहा नगरपालिका– १ बस्ने सञ्जित वाईवालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि नेपाली सेनाको सिद्धिबक्स गण आधाभारमा पठाइएको उनले बताए ।

आधाभार जंगल क्षेत्रको राजमार्गमा रातको समयमा विभिन्न जंगली जनावार समेत ओहोरदोहोर गर्ने हुँदा दुर्घटनामा पर्ने गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै