Dark

कैलालीबाट ८ जुवाडे पक्राउ

खबरमुकाम । प्रहरीले कैलालीबाट ८ जुवाडेलाई पक्राउ गरेको छ । 

प्रहरीले बिहीबार साँझ गोदावरी नगरपालिका १ स्थित मनहराबाट स्थानीय खडक खडका, गणेश मडै, कृष्ण बहादुर बिष्ट, दुर्गा दत्त भट्ट, एकेन्द्र देउवा, प्रदीप पन्त, दिर्घराज अवस्थी  र महेन्द्र थापालाई पक्राउ गरेको हो।  

गणेश मडैको पसल कोठामा जुवा तास खेली रहेको भन्ने सुचना आधारमा प्रहरी छापा मार्न पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए । 

उनीहरुको साथबाट ५४ हजार ७४० रुपैयाँ नगद र ७ गड्डी तास समेत बरामद गरेर थप अनुसन्धान कार्य भइरहेको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै