Dark

दाङमा पनि संक्रमणदर बढ्दो

दाङ । दाङमा कोरोना संक्रमणको दर बढ्न थालेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बुधबार ६० जनामा पीसीआर परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा १९ पुरुष र १६ महिला रहेका छन् ।

संक्रमित हुनेहरुमा घोराहीका २८ जना, लमहीका ३ जना, तुलसीपुरका २ जना, राप्ती र बबईका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यो सँगै दाङमा सक्रिय संक्रमितको संख्या १ सय ५८ जना पुगेको छ ।

ती मध्ये १ सय ३३ जना घरमा, अक्सिजनसहितको उपचारमा १७ जना र ८ जना आईसियूमा रहेका छन् । आज १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । ती मध्ये ११ जना घोराहीका, तुलसीपुरका ४ जना र शान्तिनगरका ३ जना रहेको केन्द्रले जनाएको छ ।

बुधबार थपिएका ३५ जनासहित वैशाखयता ८ हजार ५ सय २७ जनामा कोरोना संक्रमण भएको छ । ती मध्ये ८ हजार १ सय ६१ जना निको भएका छन् भने २ सय ८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै