Dark

पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट यात्रा सुरु गरेका पारसले मंगलबारदेखि सन्यास घोषणा गरेका हुन् । 

उनले एउटा क्रिकेटरका रुपमा मन, वचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेको पनि बताएका छन् ।

‘मेरो जीवनमा मैले देखेको सपना भनेको नै क्रिकेटको उन्नति हो। तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छु,’ उनले भनेका छन्, ‘इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउने छौँ।’

उनले अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा आफ्नो यात्रा टुंगिए पनि नेपाली क्रिकेटका लागि आफूले देखेको सपना अझै पनि बामे सर्दै गरेको बताएका छन्। 

‘मैदान भित्रका यी दुई दशक जीवन रहुन्जेल, मीठो यादका रुपमा मसँग रहनेछन्,’ उनले भनेका छन्, ‘हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने छौँ भन्ने विश्वास लिएको छु।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै