Dark

देउवा सरकारले यी १० कामलाई प्राथमिकता दिने हो भने उनको कार्यकाल स्मरणीय र सफल हुने छ..... 

काठमाडौं । दुई तिहाई बहुमतको कम्युनिष्ठ सरकार असफल भएर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेसँगै जनताले शिक्षा, स्वास्थ्य, न्याय लगायतका क्षेत्रमा सुधारको अपेक्ष गरेका छन् ।

साथै सरकारलाई यो समय चुनौति र अबसर दुवैको रुपमा प्राप्त भएको छ । यसअघिको कम्युनिष्ट सरकारलाई भ्रष्टाचारी र निरंकुश भयो भन्दै सडक र अदालतले सदनबाट मिल्काएर बालकोटको बार्दलीमा सीमित गरिदिएपछि अविश्वसनीय रुपमा सत्ताको साँचो पाएको देउवा सरकारले जनजिविकाका स–साना कुरालाई प्राथमिकता दिने हो भने यो कार्यकाल स्मरणीय र सफल हुने छ ।
 

अघिल्लो पटक कांग्रेसले सरकारको नेतृत्व गर्दा जनताको पक्षमा गरेको केही निर्णयहरु कार्यान्वयन गर्ने अवसर पनि यो सरकारलाई प्राप्त भएको छ । समग्रमा देउवा नेतृत्वको सरकारले गर्नुपर्ने कार्य र प्राथमिकतालाई निम्न बुँदामा प्रस्तुत गरेको छुः 

१. कोरोना कहरबाट मुक्त  गर्न सबै नागरिकलाई तत्काल कोरोनाविरुद्घको खोप व्यवस्था गर्नुपर्ने ।
२. मूल्य बृद्घि नियन्त्रण  गर्दै अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउर्नुपर्ने 
३.निर्मला पन्तको हत्यारालाई  कानुनी  दायरामा ल्याई न्यायको प्रत्याभुति दिलाउनु पर्ने । 
४.२०७४ सालमा देउवा नेतृत्वको  सरकारले निर्णय गरेको भुकम्प पीडितलाई थप सहयोग दिने भनिएको रु. १ लाख निकासा गर्नुपर्ने ।
५.२०७४ सालमा देउवा नेतृत्वकै सरकारले निर्णय गरेको सामाजिक  सुरक्षा भत्ता ७० वर्षबाट ६५ वर्षलाई कार्यान्वयन  गर्नुपर्ने ।
६.भ्रष्टाचार  नियन्त्रण गरी सुशासनको प्रत्याभुति दिलाउनु पर्ने ।
७. छिमेकी तथा दातृ राष्ट्रसँगको कुटनीतिक  सम्बन्धलाई मजबुत बनाउनु पर्ने । 
८. एमसीसी को बारेमा सर्वपक्षीय विज्ञ कार्यदल बनाउनु पर्ने र कार्यदलको  सुझावअनुसार सुझाव लिनुपर्ने । 
९.आवधिक निर्वाचन शान्तिपूर्ण र धाँधली रहित सम्पन्न गर्नु पर्ने ।
१०.सरकारका हरेक निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा देशको आवस्यकता र नागरिकको अपेक्ष पुरा गर्दै देशको शिर सगरमाथाझैं अटल र उच्च बनाउनु पर्ने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
33 %
WOW
0 %
 Like
42 %
Laugh
8 %
Sad
8 %
Angry
8 %

छुटाउनुभयो कि?

सबै