Dark

जसपा आधिकारिकता विवाद आजै टुंगो लगाउने आयोगको तयारी

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धि विवाद टुंगो लाग्ने भएको छ । निर्वाचन आयोगको इजलासमा बहसपछि आजै आदेश आउन सक्ने आयोगका सचिव सुरेश अधिकारीले बताएका छन् ।

 जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आयोगमा आ–आफ्नो दाबी प्रस्तुत गरेपनि दुवैको दाबी नपुगेको भन्दै पार्टी आधिकारिकताको स्पष्ट आधार प्रस्तुत गर्न भनेको थियो ।  

पार्टीको केन्द्रीय कारिणी समितिको वहुमत यादव पक्षले दाबी गरेको छ । पछिल्लो समय जसपाको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर यादव पक्षको बहुमत छ । सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापना फैसलापछि ठाकुर निकट मानिएका ५ सांसद यादव पक्षमा लागेका छन् ।  

आयोगले पार्टीको आधिकारिकता यादव पक्षलाई दिने सम्भावना बढेको छ । आयोगले यादवको पक्षमा फैसला दिएको खण्डमा ठाकुरलाई दल दर्ताको मौका दिइने छ । दल दर्ता गर्दा ठाकुर पक्षले संसदीय दलमा ४० प्रतिशत संख्या पुर्‍याउन सकेन भने नयाँ दल दर्ता भए पनि सांसद पद गुम्ने छ । 

जसपाको संघीय संसदीय दलमा ३४ जना सांसद छन् भने प्रतिनिधिसभामा ३२ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै