Dark

काठमाडौं महानगरपालिका बिहीबार जोन्सनको खोप नदिइने 

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र अमेरिकाले अनुदानमा दिएको जोनसोन एन्ड जोन्सनको खोप बिहीबार नदिइने भएको छ । खोप सकिएकाले बिहीबार कसैलाई खोप नदिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । बुधबार मात्रै काठमाडौं महानगरपालिकामा ६० हजारले यो खोप लगाएका थिए ।

 

काठमाडौंकै अन्य नगरपालिका, भक्तपुर र ललितपुरमा भने खोप जारी छ । पराजुलीका अनुसार बुधबारै काठमाडौंका तीन जिल्लामा एक लाखले खोप लगाएका छन् । 

‘आजसम्ममा त्यो खोप सकिँदैछ,’ पराजुलीले भने। अर्को नआएसम्म खोप वितरण हुन नसक्ने पराजुलीले बताए । 

अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख बढी डोज खोप अनुदानमा दिएको थियो। यो खोप एक डोज लगाए पुग्छ ।

सुरूमा यो खोप ५० देखि ५४ वर्षका सबै, शरणार्थी, विदेश जाने र अपंगता भएका व्यक्तिहरूलाई दिने भनिएको थियो । उनीहरूलाई लगाएर केही खोप बचेपछि बुधबार काठमाडौंमा १८ वर्षमाथिका सबैलाई दिइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै