Dark

एमाले नेता खनालको उपचारका लागि कानुन विपरित ३० लाख निकासा 

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारका लागि कानुन विपरीत ३० लाख रुपैयाँ निकासा गरिएको छ । 

उनको मृगौलामा समस्या देखिएपछि भारतको अपोलो अस्पतालमा उपचार गराइरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्ती हुँदा खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको थियो । एमाले नेता विष्णु पौडेल अर्थमन्त्री रहँदा नै उक्त रकम निकासा भएको बताइएको छ । 

२०७५ असोज २ मा लागू भएको जनस्वास्थ्य ऐनले विदेशमा उपचार गर्ने कुनै पनि व्यक्तिलाई नेपाल सरकारले उपचार खर्च उपलब्ध गराउने छैन भनि उल्लेख गरिएको छ । 

‘प्रचलित कानुनमा जुनसुकै कुुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन’ जनस्वास्थ्य ऐनको दफा ३० मा भनिएको छ ।  

उक्त ऐन अनुसार खनालको उपचारमा निकासा भएको रकम गैरकानुनी छ । त्यसै गरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि खनाललाई उपचार खर्च उपलब्ध गराउने बचन दिएका छन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्नी सीता दाहाललाई भेट्न खुमलटार पुगेका देउवाले खनालसँग टेलिफोन संवाद गरेको बताइएको छ । संवादका क्रममा देउवाले खनाललाई ‘उपचार गरेर आउनुस्, सरकारले सहयोग गर्छ’ भनेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
100 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै