Dark

यी हुन्... एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेका ४ महत्वपूर्ण प्रस्ताव

काठमाडौं । नेकपा एमाले संस्थापन समूहको केन्द्रीय कमिटी बैठकले विभिन्न ४ प्रस्ताव पारित गरेको छ ।

एमाले संस्थापन समूहका अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतको फैसलालगायत चार प्रस्ताव पारित गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । 

जसअनुसार पहिलो प्रस्तावको रुपमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन प्रकरणमा दिएको परमादेशबारे पार्टीको दृष्टिकोण प्रष्ट पारेको छ । जसमा  फैसलाले शक्ति पृथकीकरणको अवस्थालाई खलबल्याएको, पार्टी स्वतन्त्रता र दलीय प्रणालीलाई आँच पुर्याएको लगायतका ठहर एमालेको छ । 

यी हुन्... एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेका ४ महत्वपूर्ण प्रस्ताव

१. सर्वोच्च अदालतको फैसलाले शक्ति पृथकीकरणको अवस्थालाई खलबल्याएको, पार्टी स्वतन्त्रता र दलीय प्रणालीलाई आँच पुर्याएको
२. ४१ महिने ओली सरकारले ऐतिहासिक काम गरेको
३. विभिन्न प्रतिकूलताबीच पनि संघीयतालाई कार्यान्वयन गरेको, नयाँ नक्सा प्रकाशन गरेको, पृथकतावादको अन्त्य गरेको, अशान्ति मच्चाउने शक्तिलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको, कोभिडका बीच पनि खोप सुनिश्चित गरेको
४. सिंगो पार्टी पङ्क्तिलाई अहिलेको प्रतिकुल अवस्थाबाट निराश नहुन आग्रह गर्दै कम ब्याक गर्न सक्ने गरी लाग्न आह्वान गर्ने 
अब पार्टीले प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्ने प्रस्ताव पनि बैठकले पारित गरेको छ । 

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने बताएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

आन्दोलनलाई घात गर्ने प्रवृत्तिलाई भने कुनै पनि हालतमा सफल हुन नदिने अध्यक्ष ओलीको भनाई रहेको ज्ञवालीले बताए । बैठक बिहीबार ३ बजे पुनः बस्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै