Dark

सगरमाथा इन्स्योरेन्स ५ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहका संस्थागत शेयरधनी सनराइज बैंक लिमिटेडको नामको ५ लाख ५ सय १२ कित्ता संस्थापक शेयर बिक्री गर्न लागिएको छ । 

न्युनतम मूल्य प्रतिकित्ता ७ सय ५६ रूपैयाँ ५५ पैसा तोकिएको उक्त शेयर बिक्रीको लागि निवेदन दिइएको जनाइएको । 

कम्पनीका संस्थापक शेयरधनीलाई प्राथमिकता दिइएको हुँदा संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशन भएको मितिदेखि ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी कम्पनीको प्रधान कार्यालयमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरिएको छ । 

उक्त अवधिभर शेयर खरिदको लागि आवेदन नपरेमा वर्तमान संस्थापक शेयरधनीभन्दा बाहिरका व्यक्ति वा संस्थालाई बिक्रि गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै