Dark

प्रतिनिधिसभा सदस्य अमरेश सिंहले गरे पदबाट राजीनामा दिने घोषणा 

काठमाडौं । कांग्रेस नेता एवं सांसद अमरेश कुमार सिंहले  प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

पार्टी दलाल र ठेकेदारी गर्नेको हातमा गएकाले आफूले राजीनामा दिन लागेको उनले बताएका छन् । साथै क्रियाशील सदस्यता विवादमा केही नेताले चलखेल गरेको पनि उनले आरोप लगाएका छन् ।
 

बीपि स्मुति दिवसको अवसर परेर आजै प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाउन लागेको उनले प्रष्ट पारेका छन् । 

उनी सर्लाही क्षेत्र नम्बर ४ बाट विजयी प्रतिनिधिसभा सदस्य हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै