Dark

स्वास्थ्य मापदण्ड पालना नगरे संक्रमण दर अझै बढ्छ- डा. अनुप बास्तोला

काठमाडौं ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.अनुप बास्तोलाले कोरोना महामारी फेरि बढ्न सक्ने बताएका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ प्रेस ब्रिफिङमा उनले एक सातादेखि पुनः संक्रमणदर बढ्दै गएको बताएका हुन् ।

सर्वसाधारणले अझै मापदण्ड पालना नगरे आउने दिन थप कठिनाइपूर्ण हुन सक्ने उनको भनाइ छ । उनले भने,‘अहिले निषेधाज्ञा खुकुलो गरिएको छ,जसले सर्वसाधारणले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्दा संक्रमण दर बढ्दै गइरहेको छ ।’

उनका अनुसार पछिल्लो एक सातादेखि टेकु अस्पतालमा विभिन्न समस्या लिएर आउने बिरामी बढेका छन् । प्रत्येक दिन १० देखि १५ जनामा कोरोना लक्षण देखिएका बिरामी आएकोमा ७ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको पाइएको छ ।

हाल अस्पतालमा २१ जना कोरोना संक्रमित बिरामी सिकिस्त छन् । खोप लगाउने अभियानमा पनि नागरिकले सामाजिक दूरी कायम नगर्दा त्यही ठाउँबाट पनि संक्रमण फैलिएको पाइएको उनले बताए ।

‘अहिले खोप केन्द्रमा सामाजिक दूरी कायम नगर्दा खोप लगाएका व्यक्ति एक सातापछि ज्वरो आउने समस्या लिएर हामीकहाँ आएका छन्,उनीहरूमा पनि संक्रमण पुष्टि भएको छ,’उनले भने । 

नेपालमा तेस्रो लहरको कोरोना संक्रमण फैलिने जोखिम रहेको भन्दै सबैले स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने उनको सुझाव छ । बुधबार मात्रै एकैदिन  १२ हजार ६ सय १६ जनाको कोरोना परीक्षण गर्दा दुई हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै