Dark

प्रभु बैंक र कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटलबीच सम्झौता

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभु बैंक लिमिटेडले काठमडौं जिल्ला बसुन्धारास्थित कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

बैंकको बबरमहस्थित केन्द्रिय कार्यालयमा मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका सञ्चालक समितिका अध्यक्ष बुद्घिमान श्रेष्ठकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

उक्त आर्थिक सहयोगले अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामाग्रीहरु खरिद हुने र आर्थिक रुपमा विपन्न विरामीहरुको निःशुल्क उपचार गरिने योजना बनेको जनाइएको छ । प्रभु बैंकले यस्तै समाजपयोगी कार्यक्रमलाई आगामी दिनहरु पनि निरन्तरता दिँदै अघि बढ्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै