Dark

राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघद्वारा नयाँ सिइओको माग, अर्यालको कार्यकक्षमा लाइयो ताला

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेड कर्मचारी संघ निकट कर्मचारीले नयाँ प्रमुख कार्यकारी अधिकृतको माग गर्दै डा. डिल्ली राज अर्यालको कार्यकक्षमा ताला लगाएका हुन् । 

सरकारले पठाएको प्रमुख कार्यकारी अधिकृतले व्यवसायिक हिसाबले काम नगरेको जनाउँदै कर्मचारीहरुले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्नुपर्ने माग राखेका छन् । अर्थमन्त्रालयबाट काजमा आएका अर्यालले मन्त्रालय र बीमा समितिसँग समन्वयात्मक हिसाबले काम गर्न नसकेको आरोप छ ।

यस्तै, अर्यालले कर्मचारी विनियमावली संसोधनमा चासो नदेखाएको र आवश्यक पहल गर्न नसकेको आरोप छ । अर्याल नेतृत्वले कम्पनीको आ.व २०६८/६९ देखिको लेखापरिक्षण तथा साधारणसभा सम्पन्न गर्न नसकेको र आ.व २०७५/७६ सम्मको आन्तरिक लेखापरिक्षणको तयारी गरिरहँदा अघिल्ला ५ आर्थिक वर्षको लेखापरिक्षण सम्पन्न गर्न नसकेको जनाउँदै असन्तुस्टी व्यक्त गरिएको छ ।

सेवा सुविधाका लागि बारम्बार माग गर्दा आस्वाशन मात्रै दिइ सेवासुविधा नदिएकोमा पनि कर्मचारीहरु आक्रोस बनेको अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै