Dark

प्रधानमन्त्री देउवालाई भेट्न ‘विप्लव’ सहित नेकपा नेताहरु बालुवाटारमा 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लव’ बालुवाटार पुगेका छन् ।

पछिल्लो समय काठमाडौंमा राजनीतिक भेटवार्ता बनाईरहेका विप्लव बुधबार अपराह्न प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । 
विप्लवसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बाँस्तोला पनि बालुवाटार पुगेका छन् । 

 

केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेको भएपनि हालसम्म सहमति कार्यान्वयन हुन सकेको छैन । साही सन्दर्भमा विप्लवले सक्रियता बढाएका हुन् । 
आजै पार्टीको मुखपत्र रेडफ्रन्टको विमोचनपछि विप्लव बालुवाटार पुगेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै