Dark

सनराइज बैंकले ल्यायो कार्डलेस भुक्तानी सेवा

काठमाडौं । सनराइज बैंकले डेबिड कार्ड प्रयोग नगरी सनराइज बैंकको ‘कार्डलेस भुक्तानी’ प्रयोग गरी एटिएमबाट रकम झिक्न सकिने व्यवस्था ल्याएको छ ।

बैंकले ग्राहकले उक्त सेवा अन्तर्गत सनराइज स्मार्ट प्लस मोबाइल बैकिङ प्रयोग गरी कार्डलेस विथ्ड्र चयन गरी भुक्तानी गर्न चाहेको रकम हालेर पैसा निकाल्न सक्ने जनाएको छ । मोबाइल नम्बरमा आएको ओटीपी प्रयोग गरी रकम झिक्न सकिनेछ ।

बेंकले ग्राहकले भौतिक कार्ड बिर्सेको अवस्थामा मोबाइल बैंकिङ प्रयोग गरी एटिएमबाट सजिलै रकम झिक्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै