Dark

पेगाससद्वारा विभिन्न कुटनीतिज्ञको फोन ह्याक, यी हुन् लक्षित व्यक्ति...

काठमाडौं । पेगासस स्पाइवेअरले भारतका लागि नेपाली राजदूत एवम् अन्य विभिन्न देशका कूटनीतिज्ञको फोन ह्याक गरेको तथ्य बाहिर आएको हो । उक्त सफ्टवेयले विश्वभर ५० हजारभन्दा बढी फोन नम्बरमा अनधिकृत रुपमा प्रवेश गरेको छ ।

पेगासस साइबर इजरायली कम्पनी एनएसओले सुरक्षासम्बन्धी तयार गरेको कम्पनीको रुपमा चिनिन्छ । विज्ञहरुले पेगासस स्पाइवेअर राखिएको स्मार्टफोनको माइक्रोफोन, क्यामेरा, अडियो तथा टेक्स्ट म्यासेज, इमेल र लोकेसनसम्मका जानकारी ह्याकरले प्राप्त गर्न सक्ने जनाएको छ । साइबर सुरक्षा कम्पनी कास्परकाईको एक रिपोर्टले पेगाससले इन्क्रिप्टेड अडियो सुन्न र इन्क्रिप्टेड सन्देश पढ्न सक्ने बनाइदिन्छ ।

पठाउने र प्राप्त गर्नेलाई मात्र जानकारी हुने इन्क्रिप्टेड सन्देशमा पठाइएको प्लेटफर्मवाला कम्पनीको समेत पहुँच हुँदैन । तर पेगाससमार्फत ह्याक गर्नेले फोनमा रहेका सम्पूर्ण जानकारी प्राप्त गर्न सक्छन् ।

इजरायलस्थित गैरसरकारी एनएसओ ग्रुपले निर्माण गरेको जासुसी प्रविधि कम्पनी ‘पेगासस’ मार्फत दिल्लीमा रहेका नेपाली,चिनियाँसहितका कूटनीतिक नियोग प्रमुखहरुको समेत ‘फोन–ट्यापिङ’ भएको सूचना बाहिरीएको छ । उक्त स्पाइवेअर भारतले पनि खरीद गरेको बताइएको छ ।

दिल्लीका धेरै राजदूतहरुले विभिन्न समयमा गरेको संवाद राजनेता, मानवअधिकारकर्मी, सांसद, पत्रकारको फोन नम्बरसहितको सूची पेगाससमा रहेको खबर भारतिया समाचारले सार्वजनिक गरेको छ । यस्तै, पाकिस्तानी प्रधानमन्त्री इमरान खानका फोन नम्बर, भारतमा विपक्षी दलका नेता, चीन, साउदी, नेपाल सहित विभिन्न देशका राजतुतका सम्पर्क नम्बर पेगाससमा पाइएको जानकारी फ्रेन्च पत्रिकामा छ । भारतीय ४० पत्रकारको पनि फोन ट्यापिङ भएको जनाइएको छ ।

बीबीसीका अनुसार लक्षित व्यक्तिहरु अरबका रोयल परिवारका सदस्य, ६ सयभन्दा बढी राजनीतिज्ञ र सरकारी कर्मचारी, ६४ बिजनेस एक्जिक्युटिभ, १८९ पत्रकार, ८५ मानव अधिकार अभियान्ता र ५० हजार अन्य फोन रहेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै