Dark

प्रतिबन्धित औषधि सहित मोरङबाट एक युवक पक्राउ

विराटनगर । प्रतिबन्धित औषधि सहित एक युवक पक्राउ परेका छन् ।  प्रहरीले मोरङको उर्लाबारी नगरपालिकाबाट ट्रामाडोल र स्पास्पाइन सहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार सोमबार राति साढे ९ बजे २९ वर्षीय कोपवन राईलाई मुलुकमा प्रतिबन्धित दुवै औषधिको ठूलो परिमाणसहित पक्राउ गरेको हो । प्रहरी निरीक्षक राजाराम खड्काले पक्राउ परेका राईको साथबाट ट्रामाडोल १ हजार ३ सय र स्पास्पाइन १ हजार ३ सय चक्की बरामद गरेको जानकारी दिए ।

भोजपुर हतुवागढी गाँउपालिका घर भएका राईलाई प्रहरीले राति उर्लाबारी नगरपालिका ५ स्थित स्कुलडाँडाबाट पक्राउ गरेको हो ।

उनी हाल बेलबारी नगरपालिकाको लालभित्तीमा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रतिबन्धित दुवै औषधि मिसाएर सेवन गर्दा नशा दिने भएको हुँदा लागुऔषधका दुब्र्यवसनीको रोजाईमा पर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै