Dark

 ‘खैरो हेरोइन’ सहित एक युवक पक्राउ 


कैलाली । लागुऔषध ‘खैरो हेरोइन’ सहित प्रहरीले  एक जना युवकलाई पक्राउ गरेको छ ।

कैलालीको टिकापुर नगरपालिका–७ कालाकुण्डबाट प्रहरीले लागुऔषध ‘खैरो हेरोइन’ सहित एक जना युवकलाई पक्राउ गरेको हो ।

आइतबार साँझ लम्कीचुहा नगरपालिका–१० बस्ने २४ वर्षीय हिरासिंह चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

से.४प ४३४५ नम्बरको मोटरसाइकलमा सवार चौधरीको साथबाट प्रहरीले ५ ग्राम ७ सय २० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
प्रहरीले आरोपीमाथि अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै