Dark

मेरो शेयरले ‘माइ होल्डिङ’ नामक नयाँ फिचर थप्यो

काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली सिडिएससीले मेरो शेयरमा ‘माइ होल्डिङ’ (My Holding) नामक नयाँ फिचर थपेको छ । जसले नयाँ आ.व २०७८/७९ बाट लागू हुने गरी अल्पकालिन लगानीकर्ता र दीर्घकालिन लगानीकर्तालाई विभाजन गरी छुट्टाछुट्टै पूँजीगत लाभकरको निर्धारण गरेको छ । 

बिक्रि गरिएको शेयर अल्पकालिन हो वा दीर्घकालिन हो भन्ने यकिन गरि ट्रान्सफर गर्न ‘माइ पर्चेज सोर्स’मा ‘माइ होल्डिङ’ भन्ने अप्सन थपिएको हो ।

‘माइ पर्चेज सोर्स’ (My Purchase Source )मा गएर आफुले खरिद गरेको लागत यकिन गरिसकेपछि ‘माइ होल्डिङ’ मा गएर १ वर्ष भन्दा कम अवधिको शेयर भए ‘सर्ट टर्म’ अर्थात ST र १ वर्ष भन्दा बढी होल्ड गरिएको शेयर भए ‘लङ टर्म’ अर्थात LT छनोट गर्नुपर्छ ।

आजबाट लागू भएको नयाँ व्यवस्था अनुसार १ वर्षभन्दा कम अवधिलाई अल्पकालीन र १ वर्षभन्दा बढी अवधि लगानी गर्दा दीर्घकालीन भनिएको छ । जसमा अबदेखि १ वर्षभन्दा कम अवधिको लागि शेयर होल्ड गर्नेले ७.५% लाभकर तिर्नुपर्नेछ भने १ वर्षभन्दा बढी होल्ड गर्दा ५% लाभकर तिर्नुपर्ने छ ।

यसअघि, दुवै प्रकारका कारोबार गर्ने लगानीकर्ताले ५ प्रतिशत पूँजीगत लाभकर तिर्ने व्यवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै