Dark

डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु 


अछाम । अछामको मङ्गलसेन नगरपालिका–१४ कालागाउँमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 दुर्घटनामा परि दुई जना घाइते भएका छन् ।

 मृत्यु हुनेमा ढकारी गाउँपालिका–२ का ३७ वर्षीय रामबहादुर साउद रहेका छन् । 

घाइतेको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

ठाँटीबाट खाँटतर्फ गइरहेको डोजर सोमबार कालागाउँको सडकबाट कम्तीमा ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

फरार चालकको खोजी भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै