Dark

बीमा कम्पनीहरुले पनि गोएमएल सफ्टवेयर प्रयोग गर्दैं

काठमाण्डौं । बैंक तथा वित्तीय संस्थाहरुमा लागू भइसकेको गोएमएल सफ्टवेयर बीमा कम्पनीहरुमा समेत अवैध मुद्रा निर्मलीकरणलाई नियन्त्रण गर्ने उद्देश्यले अनिवार्य रुपमा लागू गरिने जनाइएको छ । 

त्यस्तै, सम्पत्ति शुद्घिकरण तथा अनुसन्धान विभागले अवैध श्रोतबाट कमाएको मुद्रालाई बैंक वित्तिय संस्था, बीमा कम्पनीमार्फत् शुद्घिकरण गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने उद्देश्यले पनि सफ्टवेयर लागू गरिएको हो । उक्त सफ्टवेयर कार्यान्वयनमा सम्पत्ति शुद्घिकरण विभागले ल्याए पनि  व्यवस्थापन नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी ईकाईले गर्ने जनाइएको छ ।

उक्त सफ्टवेयर प्रणालीले बीमा कम्पनीहरुमा बीमा गराउने बीमितमध्ये निश्चित सीमाभन्दा बढी रकमको बीमाशुल्क भुक्तानी गर्ने एवम् राजनीतिक पृष्ठभूमी भएको तथा शंकास्पद कारोबार गर्ने व्यक्तिबारे नियमित रुपमा विवरण संकलन गर्नेछ । उक्त सफ्टवेयरको सर्भरमा बीमा कम्पनीको कर्मचारीले नियमित रुपमा विवरण प्रवृष्टि गर्नुपर्ने हुन्छ ।

जीवन बीमा कम्पनीहरुमा सफ्टवेयर लागू गर्ने तयारीमा राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले काठमाडौंमा बुधबार बीमकको प्रधान कार्यालयका कर्मचारीलाई तालिम दिनेछ । जहाँ जीवन बीमकको सम्पत्ति शुद्घिकरण अनुगमन विभागका २ कर्मचारी उपस्थित हुनेछन् ।

अन्तर्राष्ट्रिय अनुगमनकर्ता निकाय फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटिएफ)ले सम्पत्ति शुद्घिकरण सम्बन्धमा गत वर्ष नेपालको बैंक, वित्तीय संस्था, बीमा कम्पनी, शेयर बजार लगायत पूँजीको कारोबार हुने इकाईमा अनुगमन गरि नेपालमा सम्पत्ति शुद्घिकरणको अवस्थाबारे स्थलगत अध्ययन गर्ने तय भएको थियो । कोरोना महामारीको कारण स्थगन भएको उक्त अनुसन्धान कार्यालय यस वर्ष शुरु हुने हुँदा बीमा कम्पनीहरुमा समेत सफ्टवेयर लागू गरिने भएको छ ।

एफएटिएफले सम्पत्ति शुद्घिकरणबारे अध्ययन गरेर अवैध सम्पत्ति शुद्घिकरणको लागी सहज माहोल भएको उल्लेख गरि प्रतिवेदन जारी गरेमा नेपालमा हुने वैदेशिक कारोबार बन्द हुनेछ । यस्तै, नेपालले प्राप्त गर्ने वैदेशिक सहायता पनि अवरुद्घ हुने खतरा रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै