Dark

माधव नेपाललगायत १४ सांसदले देउवालाई विश्वासको मत दिँदैः कस-कसले दिँदैछन् ? (नामवलीसहित)

काठमाडौं । नेकपा एमालेको असन्तुष्ट समूहका नेता माधवकुमार नेपालले कसैले साथ नदिए ‘आफू एक्लै भए पनि अघि बढ्ने’ चेतावनी दिएका छन् ।

नेता नेपाल समूहमा रहेका २३ सांसद सबै पक्षमा उभिने सम्भावना कम रहेको एक सांसदले जानकारी दिए ।

‘हामी २३ जना एकैठाउँमा नरहन पनि सक्छौँ तर केपी ओलीसँग रहेका केही सांसदले मत दिने तयारी गर्नुभएको छ,’ नेता नेपाल निकट ती सांसदले भने ।

नेता नेपाललाई भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिन नहुने अडान राखेको एक नेताले जानकारी दिए ।

तर नेता नेपाल निकट सांसद मेटमणि चौधरीका अनुसार आफूहरु प्रस्तावको पक्षमा उभिने निर्णय भएको छ ।

नेतृ रामकुमारी झाँक्रीले पनि सके एमालेले नै निर्णय गरेर नभए पनि आफूहरु २३ जना प्रस्तावको पक्षमा उभिने बताइन् ।

‘हामीले ७६ (५) को प्रमको लागि संघीय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ । १ सय ४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरु सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका हौँ । अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो । सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ । त्यसो गर्न सकिँदैन भने सांसदहलाई संसदको पूरा कार्यकाल सञ्चालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौँ । यदि त्यो पनि भएन भने हामी २३ जना निवेदनकर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो । हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौँ,’ झाँक्रीले भनेकी छन् ।

माधव नेपालसहित सांसदहरू विरोध खतिवडा, जीवनराम श्रेष्ठ,कृष्णलाल महर्जन, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का,लक्ष्मी चौधरी, माधव नेपाल, रामकुमारी झाँक्री, भवानी प्रसाद खापुङ, पवित्रा निरौला र मुकुन्द न्यौपानेलगायतले विश्वासको मत दिने भएका छन् ।

त्यसबाहेक ओली समूहमा रहेका केही सांसदले साथ दिने देखिएको एक सांसदको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
20 %
WOW
0 %
 Like
20 %
Laugh
20 %
Sad
20 %
Angry
20 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै