Dark

विवाह नगरी बच्चा जन्माउने चाहनामा अभिनेत्री नम्रता चर्चामा 

काठमाडौँ । पछिल्लो समय अभिनेत्री नम्रता सापकोटा फेरि चर्चामा छाएकी छन् ।

केहि समयअघि फिल्म क्षेत्रमा नेपोटिज्म रहेको धारणा राखेपछि उनी विवादमा मुछिएकी थिइन् ।

उनी अहिले विवाह नगरी बच्चा जन्माउने चाहना राखेर चर्चामा छाएकी हुन् । 

हालै एक टेलिभिजनका लागि उनले हालै दिएको अन्तर्वार्तामा उनले बिहे नगरी बच्चा जन्माउने चाहना रहेको बताएकी छिन् ।

सो क्रममा उनले विवाहभन्दा पनि बच्चा जन्माउन धेरै मन लागेको बताएकी थिइन् । उनले भनेकी छन्, ‘भोली समयले के मोड लिन्छ भन्न सक्दिन । विवाह नभएपनि म बच्चा चाहिँ अवश्य जन्माउँछु ।’ 

सिंगल आमाले पनि बच्चालाई नागरिकता दिन पाउने कानुनमै बनेको समेत उल्लेख गरेकी उनले आफ्नो पनि त्यस्तै योजना रहेको सुनाइन् ।

 भनिन्, ‘सबै मिलेर समाजलाई परिवर्तन गर्दै लैजानुपर्छ ।’ ‘म अहिले नै विवाह गर्दिनँ । तर म बच्चा जन्माउन चाहिँ चाहन्छु । तीन–चार वर्षमा बिहे भएन भने पनि म बच्चा जन्माउँछु होला’ उनले अन्तर्वार्तामा भनिन्, ‘यो कुरा मेरो आमा–बुबालाई समेत जानकारी छ ।’

भगवानले छोरी मान्छेलाई आमा बन्ने बरदान दिएका कारण भविष्यमा विवाह नभए पनि बच्चा जन्माउने उनको भनाई राखेकी छन् ।
 
अहिले बच्चा जन्माउन धेरै तरिका भएको बताउने उनी त्यसका लागि विवाह गरेर श्रीमान्–श्रीमती नै हुनु नपर्ने तर्क उनको रहेको छ ।

विवाहको विरोधी आफु नभएको समेत बताएकी उनले आफ्ना लागि सोचेजस्तो सकारात्मक व्यक्ति नभेटेकाले अहिलेसम्म विवाह नगरेको समेत जानकारी दिइन् । 

नम्रता अभिनित फिल्म ‘समर लभ’ फिल्म केही अगाडि रिलिज भएको थियो ।

 फिल्मले व्यवसायिक सफलता हात पार्न नसकेपछि समीक्षकबाट भने राम्रो प्रतिक्रिया पाउन सफल भएको थियो । उनी म्युजिक भिडियो र विज्ञापन चलचित्रमा पनि बाक्लै देखिँदै आएकी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै