Dark

आजदेखि दाङमा भेरोसेल खोप लगाइँदै

दाङ । दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिड विरुद्धको भेरोसेल खोप लगाइँदैछ । 

आजदेखि जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई खोप लगाउन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले १९ हजार खोपको मात्रा प्राप्त भएको जनाएको छ । 

“एउटा स्थानीय तहमा २० बढी खोप केन्द्र छुट्याइएको छ ।”  कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले भने, “स्थानीय तहका १०० बढी स्वास्थ्य चौकी एवं स्वास्थ्य एकाइबाट खोप लगाइने छ ।”

 कोभिशिल्ड खोप अहिलेसम्म २८ हजार ३११ लाई लगाइएको छ ।

तीमध्ये दोस्रो मात्राको आठ हजार बढीले लगाएका छन् भने २० हजार बढीलाई भने दोस्रो मात्रा लगाउन बाँकी छ । 

 जिल्लाभर आठ हजार बढीलाई भेरोसेल खोप लगाइएको छ ।

जोन्सन एण्ड जोन्सन खोप प्राप्त भएलगत्तै सो उमेर समूह र पूर्ण अपाङ्गता भएका नागरिकलाई खोप लगाइने जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै