Dark

भारतमा कोरोना तेस्रो लहर आउने आशंका 

भारत । भारतमा कोरोनाको दोस्रो लहरको रफ्तार कम भएको छ । तर, तेस्रो लहर आउने आशंका भने गरिएको छ । 

योसँगै संक्रमितको दैनिक आँकडामा पनि उतार–चढाव  देखिएको छ ।

केरला र महाराष्ट्रसहित कैंयन राज्यमा फेरि कोरोना भाइरसको कहर सुरु भएको छ ।

भारतमा पछिल्ला २४ घण्टामा ४१ हजार १ सय ५७ जनामा संक्रमण देखियो र ५ सय १८ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्  ।

 शनिबार ३८ हजार १ सय १२ जना नयाँ संक्रमित भेटिएका थिए र ५ सय ६० जनाको संक्रमणकै कारण ज्यान गएको थियो । 

भारतको केन्द्रीय स्वास्थ मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा ४२ हजार ४ जना निको भएका छन् ।

त्यसैगरी उपचाररत बिरामीको संख्या घटेर ४ लाख २२ हजार ६ सय ६० मा झरेको छ, जो कुल संक्रमणको १ सय ३६ प्रतिशत हो । कोभिड १९ बाट निको हुनेको दर ९७ दशमलव ३१ प्रतिशत पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै