Dark

कलाकार  ‘चम्सुरी’ को  दुवै मिर्गौला फेल  

काठमाडौं । हास्य कलाकार पल्पसा डंगोल  ‘चम्सुरी’ को  दुवै मिर्गौला फेल भएको छ । 

 उपचारको लागि उनलाई अहिले टिचिङ अस्पताल महाराजगञ्जमा राखिएको छ ।

एक महिनाअगाडि स्वास्थ्य खराब भएपछि  ‘चम्सुरी’ टिचिङ अस्पताल भर्ना भएकी थिइन् ।

पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । तर छोरीहरुले थाहा नपाउन् भनेर आफ्नो रोग लुकाउँदै आएक  सहकलाकार तथा नजिककी साथी दिपाश्री निरौलाले बताइन् ।

 ‘उहाँले डाक्टरको सल्लाहअनुसार औषधि र खानेकुरामा परहेज गर्दै आउनुभएको थियो, तर आफूलाई युरिक एसिड मात्रै भएको भनेर भन्नुभएको थियो । एक महिनाअघि अस्पताल भर्ना भएपछि पनि उहाँले धेरैलाई थाहा दिन चाहनुभएन’ दिपाश्रीले भनिन् ।

अस्पतालमा डाइलसीस चलिरहँदा अस्तिदेखि पल्पसाको स्वास्थ्यमा समस्या आएको चिकित्सकले बताएका छन् ।

पछिल्लोपटक गरिएको डाइलसीसका क्रममा समस्या आएकाले डाक्टरले चाँडोभन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।

स्वास्थ्य गम्भिर भएपछि आत्तिएकी पल्पसाले कलाकार सुरवीर पण्डितमार्फत केही साथीहरुलाई खबर गर्न लगाएकी थिइन् । 

सुरवीरबाटै थाहा पाएर आफू आज अस्पताल पुगेको दिपाश्रीले बताइन् । पल्पसा केही समयअघिसम्म अभिनयमा सक्रिय नै थिइन् । 

उनले हास्य टेलिश्रृंखला मेरी बास्सैमा सुरुदेखि नै अभिनय गर्दै आएकी छिन् । लकडाउनका कारण सो टेलिश्रृंखलाको छायांकन रोकिनु अघिसम्म उनले त्यसमा काम गरिरहेकी थिइन् ।

‘उहाँले यतिबेला हिम्मत हार्नुभएको छ, म सित अब बाँच्दिन भनेर निकै बिलौना गर्नुभयो,’ दिपाश्रीले भनिन्, ‘उहाँलाई सबै दर्शकको हौसला र सहयोगको आवश्यकता छ ।’

कलाकारिता गरेर नै उनले आफ्ना दुई छोरीहरुको पालनपोषण र शिक्षादिक्षाको जिम्मेवारी वहन गर्दै आएकी थिइन् ।

मिर्गौला प्रत्यारोपणका लागि ठूलो खर्च लाग्ने भएकाले आर्थिक सहयोगको अह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
100 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै