Dark

 बलात्कार गरेर फरार भएका आरोपी विमानस्थलबाट पक्राउ 

काठमाडौं ।  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बलात्कार गरेर लुकीछिपी विदेश भाग्न खोजेका युवकलाई पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाका अनुसार  सर्लाहीको बलरा नगरपालिका–८ घर भएका २३ वर्षीय ललन महतोलाई विमानस्थलबाट पक्राउ गरिएको छ ।

कतारको दोहा उड्न लागेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सर्लाही घर भएकी १४ वर्षीया बालिकालाई महतोले २०७७ भदौमा बलात्कार गरेर फरार भएका थिए । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान पुरा गरेर अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।

काठमाडौँमा पक्राउ परेका ललनलाई अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्स्पेक्टर कृष्ण गिरीले बताएका छन् ।

 उनी विरुद्ध २०७७ भदौ १० मा जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै