Dark

कार्यकर्तामा देखिएको अन्योल र चिन्ता हटाएर पार्टी जोगाउँछौँः गोकर्ण विष्ट

एमाले एकताका लागि गठित कार्यदलका सदश्यसमेत रहेका एमाले स्थायी कमिटीका नेताहरूको  सिंहदरबारमा भएको अनौपचारिक छलफलपछि असन्तुष्ट समुहका नेता गोकर्ण विष्टले दुवै पक्षको साझा सरोकार भनेको नै पार्टी एकता बचाउने रहेको टिप्पणी गरेका छन् ।

असार २७ मा भएको १० बुँदे सहमतिलाई अनुमोदन गर्दै शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले जेठ २ मा गठित कार्यदललाई विघटन गरिदिएको थियो । कार्यदल विघटन भइसकेपछि पनि एमालेको दोस्रो पुस्ताका नेताहरुले छलफललाई निरन्तरता दिइरहेका छन् ।

विष्टले भने, ‘हामी सबैको गम्भीर सरोकार पार्टी एकता हो, उनले भने, विघटित कार्यदलका नेताहरुबीच सिंहदरबारमा छलफल भएको हो। म अहिले विगतका सबै कुरातिर फर्किन चाहन्न। सहमतिलाई नै आधार बनाएर  एकतालाई जोगाउने हाम्रो उद्देश्य हो।’

१० बुँदे सहमति अनुमोदन गरेर कार्यदल विघटन भए पनि एमालेभित्रको विवादले अझै नयाँ रुप लिइरहेको छ । प्रधानमन्त्रीबाट हटेपछि संस्थापन समुहका अध्यक्ष ओलीले अब एमालेमा असन्तुष्ट समुहका नेता नेपाललाई कुनै ठाउँ नरहेको आक्रोशपूर्ण टिप्पणी गरिरहेका छन् । 

तर दोस्रो पुस्ताका नेता भने एमाले एकता बचाउन भनेर जोड दिईरहेका छन् । एमालेलाई एकतावद्ध गर्ने कुरामा आमपार्टी पंक्ति चिन्तामा रहेको छ । ‘आम पार्टी पंक्ति, कार्यकर्ताको चिन्ता र सरोकारलाई ख्याल गरेर हामी केही स्थायी कमिटी सदस्य बसेका हौँ  विष्टले भने, हामीले हाम्रा प्रयत्नलाई अघि बढाउने कुरा स्वभाविक हो । कार्यकर्तामा देखिएको अन्योल र चिन्तालाई हटाउन पार्टी जोगाउँछौँ भनेर हामी बसेका हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
9 %
WOW
9 %
 Like
64 %
Laugh
0 %
Sad
0 %
Angry
18 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै