Dark

किन बाहिरिए पृथ्वीसुब्बा गुरुङ एमाले विवाद समाधानका लागि गठित कार्यदलको छलफलबाट ?

काठमाडौं । नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलमा रहेका नेता सहमति खोज्न अनौपचारिक छलफलमा जुटेका छन् ।

छलफलमा एमाले संस्थापन समूहका नेताहरू सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङ तथा नेता माधवकुमार नेपाल पक्षका नेता भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण बिष्ट र रघुजी पन्त लगायतको उपस्थिति रहेको छ । नेता गुरुङ केहीबेर छलफलमा सहभागी भएर बाहिरिएका छन् ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष ओली र नेपाल पक्षका नेताहरूबीच छलफल भइरहेको छ ।

शुक्रवारको एमाले स्थायी कमिटी बैठकले असन्तुष्ट समूहको उपस्थिति विना नै कार्यदलको प्रतिवेदन अनुमोदन गरेको थियो । बैठकले कार्यदल विघटन समेत गरेको छ ।

कार्यदल अनुमोदन भइसक्दा समेत असन्तुष्ट समूह पार्टी बैठकमा उपस्थित नभएपछि दुवै पक्षका नेताहरू अनौपचारिक छलफलमा लागेका स्रोतले जनाएको छ । पार्टीलाई मिलाउने उपाय खोज्नबारे छलफलमा कुराकानी भइरहेको एक सदस्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
50 %
WOW
0 %
 Like
13 %
Laugh
0 %
Sad
0 %
Angry
38 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै