Dark

आफ्नै घरभित्र मध्यरातमा करणी 

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा एक महिला बलात्कारको सिकार भएकी छन् ।

उक्त नगरपालिकामा एक हप्ताभित्रै दोस्रो दलित महिला बलात्कारको सिकार भएकी हुन् ।

केही दिनअघिमात्र देवाही गोनाही नगरपालिका–७ उचिडिह टोलका ५० वर्षीय नागेश्वर कुश्वाहा करणी आरोपमा पक्राउ परेका थिए । 

आफ्नै गाउँकी एकजना विवाहित दलित महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका उनीमाथि मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डिएसपी श्रीराम भण्डारीले बताए ।

 

देवाही गोनाही–१ का ४० वर्षीय राकेश राउत कुर्मीले गए राति सोही वडाकी ३० वर्षीय पासवान थरकी विवाहित महिलालाई जबर्जस्ती करणी गरेको प्रहरी जनाएको छ ।

राति करिब १२ बजेको समयमा महिलाको घरभित्र प्रवेश गरी ज्यान मार्ने धम्की दिएर जबर्जस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी प्रमुख राजन लम्सालले बताएका छन्  ।

महिलाले गुहार मागेपछि राकेश राउत कुर्मी फरार भएको प्रहरीको भनाइ छ । 

पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण भइसकेको तथा आरोपित कुर्मीको खोजी भइरहेको प्रहरी निरीक्षक लम्सालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै