Dark

शुक्रबारदेखि म्याक्स टेलिभिजनमा गुरुङ फिल्महरुको प्रिमियर सुरु 

पोखरा ।  शुक्रबारदेखि म्याक्स टेलिभिजनमा गुरुङ फिल्महरुको प्रिमियर सुरु भएको छ । 

आज फिल्म हलमा समेत व्यवसायिक सफलता हासिल गरेको मैंरिमो रिलिज भएको छ।

फिल्मको मनोरञ्जन दिलाउन गुरुङ फिल्म वितरक कम्पनी मुनाल फिल्म्स र म्याक्स टिभीले कोरोना महामारीको कारण हलहरु बन्द हुँदा दर्शकलाई घरमै बसेर यस्तो सुविधा ल्याएका हुन् ।

पोखरामा  गुरुङ फिल्म एसोसिएसनका अध्यक्ष भोजबहादुर गुरुङ र म्याक्स टिभीका अध्यक्ष ध्रुव शर्माले  आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराए । 

अध्यक्ष गुरुङले महामारीको समयमा पनि दर्शकलाई घरमै बसेर फिल्म हेराउन आफूहरुले जमर्को गरेको बताए ।

म्याक्स टिभी अध्यक्ष शर्माले यो प्रयास सफल भए गण्डकी प्रदेशका अन्य भाषिक र व्यवसायिक फिल्मलाई पनि रिलिज गर्ने सोच बनाएको बताए । 

मैंरिमोपछि गोरे गुरुङको ‘हेर्बै च्ह’ र मनोज गुरुङको गेटपास प्रदर्शन हुने भएका छन् ।

म्याक्स टिभीको च्यानल नम्बर ७७७ मा दर्शकले पे–पर–भ्यूको आधारमा ३२५ रुपैयाँ तिरेर फिल्म हेर्न सक्नेछन् ।

 मैंरिमो दिनमा ४ पटक प्रदर्शन हुने भएको छ ।

 दिउँसो १२, अपरान्ह ३, बेलुका ६ र राती ९ बजे सो टाइम राखिएको छ । 

महामारीको कारण सिनेमा घर बन्द हुँदा जिफानले फिल्म रिलिजको लागि यस्तो व्यवस्था गरेको हो ।

 अध्यक्ष गुरुङले निकट भविष्यमा ओटीटी प्लेटफर्ममा पनि फिल्म रिलिजको तयारी भैरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै