Dark

बालिका वधूकी सिकरीको हृदयघातका कारण निधन

भारत । अभिनेत्री सुरेखा सिकरीको मुम्बईमा निधन भएको छ । 

 भारतको प्रतिष्ठित राष्ट्रिय फिल्म पुरस्कार विजेता अभिनेत्री सिकरीको मुम्बईमा ७५ वर्षको उमेरमा निधन भएको हो । 

 केही समयदेखि बिरामी सिकरीलाइै सन् २०२० मा मस्तिष्कघात र सन् २०१८ मा पक्षघात भएको थियो ।

तीनपटक राष्ट्रिय पुरस्कार जितेकी सिकरीले नाटक, चलचित्र र टेलिभिजनमा काम गरेकी थिइन् ।

 उनले सन् १९७८ मा किस्सा कुर्सी का नामक राजनीतिक फिल्मबाट करीयर शुरू गरेका थिइन् । उनले तमस, मम्मो र बधाई हो फिल्मबाट राष्ट्रिय पुरस्कार जितेकी थिइन् । 

उत्तर प्रदेशमा जन्मेकी सिकरीले सन् १९७१ मा नेसनल स्कूल अफ ड्रामाबाट कोर्स पूरा गरेकी थिइन् । सन् १९८९ मा उनले संगीत नाटक एकेडमी पुरस्कार पनि जितेकी थिइन् । 

उनका पिता वायुसेनामा थिए र आमा शिक्षिका थिइन् । 

उनले हेमन्त रेगेसँग विवाह गरेकी थिइन् । उनीहरूको राहुल सिकरी नामक छोरा छन् । 

सिकरीले टीभी सिरीज बालिका वधूबाट निकै प्रख्याति कमाएकी हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै