Dark

मेयर जिसीलाई हृदयघात,थप उपचारका लागि  हेलिकोप्टरमार्फत काठमाडौं ल्याइदैँ

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ ।

आज  बिहान ४ बजे मेयर जिसीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि पोखरास्थित मेडिप्लस अस्पताल लगिएको थियो ।

 तर, उनको स्वास्थ्य समस्या जटिल भएको भन्दै अस्पतालले थप उपचारका लागि मणिपाल अस्पतालमा रिफर गरेको थियो ।

मेयरका प्रेस सल्लाहकार माधव बरालका अनुसार उपचारका क्रममा मेयर जिसीको बायाँ अंग नचलेको र एउटा नसामा समस्या रहेको बताएका छन् ।

हृदयघातका कारण नशामा समस्या देखिए पनि उनी खतरामुक्त छन् । थप उपचारको लागि काठमाडौं लैजाने तयारी भइरहेको बरालले बताए । 

स्वास्थ्यकर्मीका अनुसार सामान्य बोलचालसमेत गर्न सक्ने भए पनि हृदयघातका कारण एक नशामा समस्या भएकाले शरीरको दायाँ भागमा असर परेको चिकित्सकको भनाई छ । 

थप उपचारका लागि  हेलिकोप्टरमार्फत काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालमा लैजाने तयारी भइरहेको छ ।

नेकपा एमालेबाट जिसी २०७४ सालको स्थानीय तहको निर्वाचनमा  मेयरमा निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै