Dark

आन्दोलनमा ऐक्यबद्धता जनाउन धरान पुगे डा.केसी

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति विरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउन डा.गोविन्द केसी धरानमा पुगेका छन् । 

महिना दिनसम्म आन्दोलन हुँदा समेत सरकार मौन बसेको भन्दै डा.केसीले धरान पृुगेर पत्रकार सम्मेलन गरेका छन् । 

केसीले शिक्षा र स्वास्थ्य जस्तो अतिसंवेदनशील क्षेत्रमा राजनीतिकरण हुनु दुःखद भएको भन्दै  राजनीतिकरण नगर्न समेत सरकारसँग माग गरेका छन् । 

त्यस्तै, चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीले शिक्षा र स्वास्थ्य जस्तो अतिसंवेदनशील क्षेत्रमा राजनीतिकरण भएको, भ्रष्टाचार बढेको लगायतका माग राख्दै  केसीले आन्दोलन गरिरहेका छन् । 

उनीहरूले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई ४८ घण्टे अल्टिमेटमसहितको ज्ञापनपत्र पनि बुझाएका छन् । 

आन्दोलनरत चिकित्सक तथा कर्मचारीले शिक्षा तथा स्वास्थ्यमा हुने चरम राजनीतिकरण बन्द गर्नुपर्ने, प्रतिष्ठानमा भएको भ्रष्टाचारको छानबिन गरी दोषीउपर कारबाही गर्नुपर्ने, उपकुलपति डा। ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा। गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले राजीनामा दिनुपर्ने माग अगाडि सारेका छन् ।

शुद्धीकरण अभियान संघर्ष समितिका सदस्य गणेश फुलराले यो सरकारले पनि माग सुनुवाइ नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै