Dark

पाटेबाघको छालासहित २ जना पक्राउ

कैलाली । पाटेबाघको छालासहित २ जना पक्राउ परेका छन् ।

कैलालीको गौरीगंगा नगरपालिका–७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित २ जना पक्राउ परेका हुन् ।

प्लाष्टिकको सेतो कट्टामा बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले रोकेर जाँच गर्दा कट्टाभित्र लम्बाइ १० फिट र चौडाइ ६ फिट ७ इन्च भएको पाटेबाघको छाला फेला परेको प्रहरीले बताएका छन् । 

पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका–५ सालघारीका ५५ वर्षीय पूर्णबहादुुर बुुढामगर र लम्कीचुुहा नगरपालिका–१ का लोकेश सिजापति रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरूलाई मंगलवार सुदूरपश्चिम प्रदेश अनुुसन्धान समूह आरआईटी को टोलीले  पक्राउ गरेको हो ।

 पक्राउ परेका उनीहरूलाई छालासहित प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै