Dark

इराकको अल हुसेन अस्पतालमा आगलागी, ५० जनाको मृत्यु

काठमाडौं । सोमबार राती इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल हुसेन अस्पतालमा आगलागी भएको छ । 

कोरोना भाइरस संक्रमितको उपचार हुने इराकको उक्त अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी एपीका अनुसार अस्पतालका ७० वटा शय्या आगोमा जलेका छन् ।

तीन महिनाअघि मात्र निर्माण गरिएको सो अस्पतालमा अक्सिजन प्लान्ट विष्फोट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले बताएका छन् । 
इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीले आगलागिपछि अस्पताल प्रमुखलाई पक्राउ गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ ।

घटनाको विरोधमा बिरामीका आफन्तहरुले अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले प्रहरीका गाडीहरु पनि जलाइदिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै