Dark

अर्धनग्न अवस्थामा फेला परेकी सृजना बस्नेतको हत्या भएको आशंका 

झापा ।  इलामको साखेजुङ्ग घर भएकी सृजना बस्नेत सोमबार बिहान घर अगाडि मृत अवस्थामा फेला परेकी छन् ।

सोमबार बिहान घर अगाडि अर्धनग्न अवस्थामा फेला परेकी सृजना बस्नेतको हत्या भएको आशंका गरिएको छ । 

घरका सबै गेट भित्रैबाट लक गरिएको अवस्थामा सृजनाको शव घर बाहिर फेला परेको हुदा  उनको हत्या भएको आशंका गरिएको हो । 

सृजना आफ्नी आमा र दाजुको परिवारसँग केही बर्षदेखि बिर्तामोड ५ स्थित सानिमाको घरमा भाडामा बस्दै आएकी थिइन् ।

उक्त घरमा प्रायः पारिवारिक नाता पर्ने मानिसहरु नै बस्ने गरेको प्रहरीको भनाइ छ । 

उनी २०७० सालदेखि स्थानीय ग्लोबल सहकारी संस्थामा बजार प्रतिनिधिको रुपमा काम गर्दै आएकी थिइन् ।

पछिल्लो समय ग्लोबल मर्ज भएर सृजनशील बचत तथा ऋण सहकारी संस्थाको नामबाट कारोबार गरिरहेको व्यवस्थापक कुमार अधिकारीले जानकारी दिए । 
आइतबार बेलुका करिब आठ बजेसम्म घरमा भएकी सृजना सोमबार बिहान घर अगाडि मृत अवस्थामा फेला परेकी उनका दाजु रमेश बस्नेतले बताए । 

चारतले घरको दोस्रो तलामा परिवारसँगै बस्ने सृजना चौथो तलामा सुत्ने गरेको उनको भनाइ छ ।

बहिनीको शव घर बाहिर फेला परेपनि घरको सबै गेटहरू भित्रबाट बन्द भएकाले बहिनीको हत्या भएको हुन सक्ने रमेशले बताए । 

शवको पछाडीको भाग र  टाउकोमा चोट साथै घटनास्थलमा रगतको दाग देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 

प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धान गर्न भन्दै धरानबाट ‘ट्रयाकर डग’ झिकाएको थियो । उक्त कुकुर मृतक बस्ने घरको तेस्रो तलाको बरण्डासम्म पुगेर फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

शव पोस्टमार्टमका लागि धरान पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्यले जानकारी दिएका छन्।

बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक डाक्टरको समुहले घटनास्थलमा शवको बाहिरी परीक्षण गरेको थियो ।

तर अहिलेसम्म कसैलाइ पक्राउ गरिएको छैन् ।

प्रहरीले प्रारम्भिक कुनै जानकारीसम्म नदिएको भन्दै मृतकका आफन्त तथा स्थानीयले शव उठाउन अवरोध गरेपछि केहि समय घटनास्थलमा तनाव सिर्जना भएको थियो ।

प्रहरीले घटनास्थलमा ढुङ्गा हान्ने केही युवालाई पक्राउ गरेको जनाएको छ । प्रवक्ता थापाका अनुसार घटनाको इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै