Dark

बागमती प्रदेशको बजेट बहुमतले पारित

काठमाडौं ।  आगामी आर्थिक वर्ष २०७८ र ७९ मा बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । 

 बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको लागि ५७ अर्ब ७२ करोड नौं लाख २७ हजार रुपैयाँ बजेट पारित गएिको हो । 

विपक्षी दलहरुको बहिष्कारका कारण बजेट पारित  बहुमतले भएको हो । 

पारित बजेटमा चालुतर्फ २६ अर्ब एक करोड ६६ लाख २३ हजार रुपैयाँ र पुँजिगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख चार हजार रुपैयाँ रहेको छ । 

आइतबार राति ८ बजे मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिँदै गर्दा अकस्मात विद्युत् अवरुद्ध भएपछि प्रदेशसभामा अन्धकार छाएको थियो । 

लगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

 प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरुले सोमबार मात्रै बजेट पारितबारेको निर्णयार्थ छलफल अघि बढाउन सभामुख समक्ष माग गरेका थिए । 

बिपक्षी दलहरुले बहिस्कार गरेपछि सत्तारुढ दल नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका प्रदेशसभा सदस्यहरुको उपस्थितिमा बहुमतले बजेट पारित गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै