Dark

धनुषामा युवतीको शंकास्पद मृत्यु

धनुषा । धनुषामा एक युवतीको शंकास्पद मृत्यु भएको छ ।

धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ स्थित भुचक्रपुर कहचरीटोल बस्ने २० वर्षीया रञ्जु महतोको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारका अनुसार आइतबार साँझ आफ्नै घरमा मृत अवस्थामा नवविवाहित अञ्जुको शव फेला परेको हो ।

आइतबार साँझ ७ बजे ओछयानमै मृत अवस्थामा अञ्जुको शव फेला परेको र घाँटीमा झुण्डेर आत्महत्या गरेको जस्तो डाम देखिएको भन्दै मृत्यु शंकास्पद रहेको समेत प्रहरी निरीक्षक सुनारले बताए ।  पोस्टमार्टम रिपोर्टपछि मृत्युबारे स्पष्ट हुने उनले बताए । 

समाजिक परम्परा अनुसार रामवृक्ष महतोसंग  अञ्जुको विवाह गएको फागुन २० गते भएको थियो ।

सोमबार बिहान अञ्जुको शवलाईपोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै